काठमाडौं महानगरले १० कक्षासम्मका विद्यार्थीलाई खाजा लिने

नेपालभ्युज

काठमाडौं महानगरले १० कक्षासम्मका विद्यार्थीलाई खाजा लिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ ।

गतवर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यसवर्ष कक्षा १० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको महानगरपालिका शिक्षा विभागका अधिकारी सीताराम कोइरालाले जानकारी दिए । उनका अनुसार सङ्घीय सरकारले कक्षा ६ सम्म प्रतिविद्यार्थी १५ रुपैयाँ दिँदै आइरहेकामा महानगरले गत वर्षदेखि १० रुपैयाँ थप गरेर २५ रुपैयाँ बनाएको थियो ।

सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीका लागि सरकारले दिँदै आएको १५ रुपैयाँमा महानगरले १५ रुपैयाँ थप गरी ३० रुपैयाँ पुर्‍याएको कोइरालाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved