जुम्लामा युवालाई बाँदर धपाउने जागिर, कति हुन्छ तलब ?

जुम्लामा युवालाई बाँदर धपाउने जागिर, कति हुन्छ तलब ?

सुर्खेत । जुम्ला एउटा गाउँमा बेरोजगार रहेका युवालाई गाउँमा नै बालीनाली हेर्ने जागिर दिने गरिएको छ ।

जुम्लाको सिंजा गाउँपालिका–६ भाडगाउँ र जोडु गाउँमा गाउँले नै मिलेर बेरोजगार युवालाई बालीनाली हेर्ने जिम्मा दिने गरिएको हो ।

बालीनाली गाईबस्तु, पशुचौपायाबाट जोगाउनका लागि चौकीदार राख्न थालिएको छ । बाँदर धपाउन गाह्रो भएपछि गाउँलेले मिलेर पारिश्रमिक व्यहोर्ने गरी चौकीदार राखेका हुन् ।

सिंजा गाउँपालिका वडा नं. ६ को भाडगाउँ र जोडु गाउँमा गाउँले नै मिलेर बेरोजगार युवालाई चौकीदारको रोजगारी पाउने गरि बालीनाली पशुचौपाया जोगाउनका लागि चौकीदार राखिएको वडा अध्यक्ष लालबहादुर बुढाले बताए । ‘गाउँको नजिकै चरन क्षेत्र भएका कारणले गाउँले नै मिलेर चौकिदार राखेका हुन् ।’ उनले भने,‘यसमा गाउँमा राखिएका चौकिदार कुनै सरकारी बजेट विनियोजन गरिएको छैन ।’

दुई गाउँका चौकिदारको तलब कति हुन्छ ?

सिंजा गाउँपालिका भाडगाउँमा र जोडु गाउँमा दुई जना चौकिदार राखिएको वडाध्यक्ष बुढाले जानकारी दिए । जोडु गाउँ किसानले खेतबारी लगाएको बाली हेर्नका लागि नन्दलाल नेपाली रहेका छन् । यो गाउँको घरधुरीका संख्या ११० रहेको छ ।

एउटा घरबाट एक सयका दर रकम उठाउने गरिएको र नेपालीले मासिक तलब एक घरधुरीका एक सयका दरले उठाउँदा मासिक तलब ११ हजार हुने गरेको स्थानीय लोकबहादुर बुढाले जानकारी दिए ।

त्यस्तै, भाडगाउँमा ३४ वर्षीय प्रेमबहादुर दमाईलाई चौकीदार रहेका छन् । गाउँका १६५ घरधुरीले महिनामा एक–एक सय रुपैयाँ उठाउने गरेका छन् । दमाईको महिनामा १६ हजार ५ सय रुपैयाँ तलब हुन्छ ।

कस्ताले पाउँछन् जागिर

पाँच वर्षदेखि गाउँमा राख्न थालिएका चौकीदार हरेक ६-६ महिनामा फेरिने गरेको र बेरोजगार युवालाई विशेष गरे छनोट गर्ने गरिएको स्थानीय रामबहादुर रावतले बताए ।

जागिर पाउनका लागि स्वास्थ्यका हिसाबले ठीक, दौडिन सक्ने, पशुचौपाया खेतबारी पसेको बेला दौड्न सक्नेलाई रोजगारी दिने गरिएको स्थानीय रावतले बताए । यी गाउँमा धान, मकै, सिमी, कोदो, फापर खेती गर्ने गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved