अर्थमन्त्रीले मागे उद्योग वाणिज्य महासंघको आधिकारिक धारणा

अध्यक्ष र उपाध्यक्षको बेग्लाबेग्लै धारणा आएपछि अर्थमन्त्री रुष्ट

नेपालभ्युज

अर्थमन्त्रीले मागे उद्योग वाणिज्य महासंघको आधिकारिक धारणा

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको विषयमा नेपाल उद्योग वाणिज्य महासंघको संस्थागत धारणा प्रष्ट पार्न आग्रह गरेका छन् ।

मंगलबार आन्तरिक राजस्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री महतले वर्तमान अर्थतन्त्रको विषयमा उद्योग वाणिज्य महासंघका अध्यक्ष र उपाध्यक्षको धारणा फरक भएको भन्दै संस्थागत धारणा माग गरेका हुन् ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सकारात्मक स्थितिमा रहेको भन्ने र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्र खराब हुँदा पनि सरकारले केही काम गर्न नसकेको आरोप लगाउनु राम्रो नभएको उनको भनाइ छ ।

अर्थमन्त्री महतले उपाध्यक्ष श्रेष्ठलाई ‘आफू व्यापारमात्रै गर्ने अनि सरकारले उत्पादन बढाउने नीति लिँदा आलोचना गर्ने ?’ भन्दै प्रश्नसमेत गरे ।

उनले विस्तारै बैंकको ब्याजदर घट्ने क्रममा रहेको भन्दै अर्थतन्त्र क्रमशः सकारात्मक बाटोमा रहेको दाबी पनि गरे ।

चेम्बर अध्यक्ष र परिसंघका उपाध्यक्षले सकारात्मक कुरा गरे पनि एफएनसीसीआईका वरिष्ठ उपाध्यक्षले नेगेटिभ कुरा मात्रै गरेको भन्दै महतले चित्त दुखाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved