डडेलधुरा, कैलाली, कञ्चनपुरमा भारी वर्षा, कर्णाली र सुदूरपश्चिममा आज पनि ठूलो पानी पर्ने

नारायणी नदीले  सतर्कता तह पार गरेको छ ।  बाढीको जोखिम रहेकाले चितवन र नवलपरासीको नाराय

नेपालभ्युज

डडेलधुरा, कैलाली, कञ्चनपुरमा भारी वर्षा, कर्णाली र सुदूरपश्चिममा आज पनि ठूलो पानी पर्ने
फाइल तश्वीर

काठमाडौं । गएराति  डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका क्षेत्रमा ठूलो पानी परेको छ ।

सक्रिय रहेको मनसुनी वायु पूर्वबाट विस्तारै पश्चिम क्षेत्रमा सरिरहेकाले आज कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी जारी भएको हो ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अरु ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलिदेखि भने बिस्तारै पानी पर्न कम हुने अनुमान गरिएको छ ।

गएराति पनि कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । यी क्षेत्र भइ बहने कर्रा, मोहना, खुटिया, दोदा, चौदर, रङ्गुनलगायत ठूला तथा साना नदीमा आकस्मिक बाढीको जोखिम रहेकाले सचेत रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

नदी तटीय क्षेत्रहरू तथा डुबान भइरहने होचा क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । यस्तै, महाकाली नदीमा जलसतह बढिरहेकाले नदी तटीय क्षेत्रमा  पनि सतर्कता अपनाउन भनिएको छ ।

त्यसैगरी नारायणी नदीले  सतर्कता तह पार गरेको छ ।  बाढीको जोखिम रहेकाले चितवन र नवलपरासीको नारायणी नदी तटीय क्षेत्रमा रहेकालाई आज बिहान १० बजेसम्म उच्च सतर्कता अपनाइराख्न बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved