‘आँखा पाक्ने’ रोगमा गर्नु हुँदैन यस्तो गल्ती, गुम्न सक्छ ज्योति

नेपालभ्युज

‘आँखा पाक्ने’ रोगमा गर्नु हुँदैन यस्तो गल्ती, गुम्न सक्छ ज्योति

एजेन्सी। अहिले विभिन्न भाइरल रोगसँगै ‘आई फ्लू’ जसलाई नेपालीमा आँखा पाक्ने रोग पनि भनिन्छ, फैलिँदो क्रममा छ । केही कुरामा ध्यान नदिँदा यो रोगबाट आँखाको ज्योती नै गुम्ने खतरा पनि हुन्छ ।

साथमा यो संक्रामक रोग भएकाले घरमा कसैलाई यस्तो भएको छ भने अन्य सदस्य सुरक्षित हुन जरुरी छ ।

त्यस्तै, आँखाको समस्या हुँदा कतिपयले मेडिकलबाट कुनै पनि ‘आई ड्रप’ ल्याएर हाल्ने गर्छन् । जसले गर्दा आँखामा झनै समस्या बढ्न पनि सक्छ । यसले आँखाको ज्योतीमा पनि समस्या आउन सक्छ ।

‘आई फ्लू’ बाट बच्ने तरिका

– हातलाई पटक पटक साबुन पानीले धुने ।

– आँखालाई छुने तथा रगड्नबाट बच्ने ।

– दुषित पानीमा स्वीमिंग नगर्ने ।

– बचाउका लागि चश्मा लगाउने ।

ख्याल राख्नैपर्ने कुरा

– डाक्टरको सल्लाहमा मात्र आई ड्रपको प्रयोग गर्नुहोस् ।

– आँखा सफा गर्नका लागि कटन तथा चिसो पानीको प्रयोग गर्नुहोस् ।

– आँखा धुन साबुन तथा अन्य चिजको प्रयोग नगर्नुहोस ।

– आई ड्रप राख्नुअघि साबुनपानीले राम्रोसँग हात धुनुहोस ।

– यदि एउटा आँखा मात्र रातो छ भने दुवै आँखामा ड्रप नराख्नुहोस् ।

– आँखालाई रगड्नबाट बच्नुपर्छ नत्र यसका लक्षण बढ्न सक्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved