वेस्ट इन्डिजसँगको चौथो टी-२० पनि भारत विजयी, शृङ्खला रोमाञ्चक मोडमा

नेपालभ्युज

वेस्ट इन्डिजसँगको चौथो टी-२० पनि भारत विजयी, शृङ्खला रोमाञ्चक मोडमा

एजेन्सी। वेस्ट इन्डिजसँगको चौथो टी-२० क्रिकेटमा पनि भारत विजयी भएको छ । सुरुका २ वटा खेल हारेको भारतले पछिल्ला दुई खेल जितेर पाँच खेलको शृङ्खला २/२ को बराबरीमा ल्याएको छ ।

गएराति फ्लारिडामादजितको लागि १ सय ७९ रनको लक्ष्य पछ्याएको भारतले १७ ओभरमा १ विकेट गुमाउँदै भेट्टयो । भारतका यशस्वी जैसवाल ८४ रनमा अविजित रहे । शुभमन गिलले ७७ रन बनाए । गिल र जैसवालले १ सय ६५ रनको साझेदारी गरे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो ।

वेस्टइन्डिजका शिम्रन हेटमायरले सर्वाधिक ६१ रन बनाए । शाई होप ४५ रनमा आउट भए । पाँचौँ तथा निर्णायक खेल आज हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved