नेप्सेमा एकल अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

नेपालभ्युज

नेप्सेमा एकल अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो
प्रतीकात्मक तस्वीर

काठमाडौं। बिहीबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से ५.१३ अंकले बढ्दा २०६६.०५ विन्दुमा बन्द भएको हो।

बिहीबार होटल तथा पर्यटन परिसूचकमा सर्वाधिक वृद्धि देखिएको छ । सो परिसूचक २.६७ प्रतिशतले वृद्धि भएको हो।

आज कुल २६९ धितोपत्रको ५७ हजार ७८९ कारोबारबाट ५५ लाख ३ हजार २१ कित्ता धितोपत्रको किनबेच भएको छ । कूल २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४५ रुपैयाँ बराबरको कारोबार भएको हो ।

बिहीबार अभियान लघुवित्तको सर्वाधिक सेयर मूल्य वृद्धि भएको छ । हिमालयन लघुवित्तको सर्वाधिक सेयर मूल्य घटेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved