रोनाल्डोको गोलमा अल नासर पुग्यो फाइनलमा

नेपालभ्युज

रोनाल्डोको गोलमा अल नासर पुग्यो फाइनलमा

एजेन्सी ।  क्रिष्ट्रियानो रोनाल्डो आवद्ध क्लब अल नासर अरब क्लब च्याम्पियन्स कपको फाइनलमा पुगेको छ ।

गएराति प्रिन्स सुल्तान बिन अब्दुल अजिज स्टेडियममा भएको सेमिफाइनलमा इराकको च्याम्पियन क्लब अल सोर्टा एससीलाई १-० गोलले हराउँदै अल नासर उपाधिनजिकै पुगेको हो ।

अल नासरको लागि एकमात्र गोल पोर्चुगिज सुपरस्टार क्रिष्टियानो रोनाल्डोले गरे ।  उनले खेलको ७५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

गएराति नै भएको अर्को खेलमा अल शबाबलाई हराउँदै अल हिलाल क्लब पनि फाइनलमा पुगेको छ ।  फाइनल खेल शनिबार राति हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved