पारोलाई हराउँदै मछिन्द्र एएफसी कप छनोटको दोस्रो चरणमा

नेपालभ्युज

पारोलाई हराउँदै मछिन्द्र एएफसी कप छनोटको दोस्रो चरणमा

काठमाडौं। नेपालको मछिन्द्र फुटबल क्लब एएफसी कपको प्रारम्भिक छनोटको दोस्रो चरणमा पुगेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा मछिन्द्रले भुटानको पारो एफसीलाई ३–२ गोलअन्तरले पराजित गरेको हो। यससँगै मछिन्द्रले छनोटको दोस्रो चरणमा भारतको मोहन बगान सुपर जायन्टसँग प्रतिस्पर्धा गर्नेछ।

मछिन्द्रको लागि बिमल घर्ती, आयुष घलान र ओलावाले अफिजले गोल गरे। पारोको लागि भने एभान्सले गोल फर्काए। पारोले १ गोल उपहारस्वरुप पाएको थियो। खेलको ७ औँ मिनेटमा मछिन्द्रका किपर विशाल श्रेष्ठले आत्मघाती गोल गर्दा पारोले अग्रता लिएको थियो।

११ औँ मिनेटमा आयुषको असिस्टमा बिमलले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए । १५ औँ मिनेटमा बिमलको असिस्टमा आयुषले दोस्रो गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए।

३९ औँ मिनेटमा अफिजले मछिन्द्रको लागि हेडरमार्फत तेस्रो गोल गरे। ७१ औँ मिनेटमा एभान्सले पारोको लागि १ गोल गरे।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved