सुरु भयो संसद् बैठक, सुन तस्करीबारे गृहमन्त्रीले जवाफ दिँदै (LIVE)

गृहमन्त्रीको जवाफ चित्त नबुझे एमालेले फेरि सदन अवरुद्ध गर्ने संभावना छ ।

नेपालभ्युज

काठमाडौं । एमालेले अवरोध नगर्ने सहमति भएपछि आजका लागि तय भएको संसद् बैठक सुरु भएको छ । पटक–पटक स्थगित भएको बैठक भर्खर सुरु भएको हो ।

सय किलो सुन तस्करीबारे गृहमन्त्रीले जवाफ दिने सहमतिमा एमालेले सदन चल्न दिन लागेको हो ।

गृहमन्त्रीको जवाफ चित्त नबुझे एमालेले फेरि सदन अवरुद्ध गर्ने संभावना छ ।

सबै दलका नेताहरूले आफ्नो धारणा राखेपछि गृहमन्त्री श्रेष्ठले सुन तस्करीबारे जवाफ दिनेछन् ।

सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने मागसहित एमालेले निरन्तर सदन अवरुद्ध पार्दै आएको छ ।

त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर भित्रिएको झन्डै एक सय किलो सुन राजश्व अनुसन्धान विभागले २ साउनमा सिनामंगलबाट बरामद गरेको थियो।
यस प्रकरणमा विमानस्थल भित्रका सरकारी संरचना र सुरक्षा संयन्त्रमाथि प्रश्न उठाउँदै एमालेले छुट्टै छानबिन समितिको माग राखेर साउन १० गतेयता संघीय संसद चल्न दिएको थिएन। बैठकमा एमाले सांसद योगेश भट्टराईले सुन प्रकरणमा सरकारमाथी नै प्रश्न गर्दै छानबिन समितिको माग गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved