सामसङ ‘ग्यालेक्सी जेड फ्लिप ५’ र ‘ग्यालेक्सी जेड फोल्ड ५’ प्रि-अर्डर सुरु

नेपालभ्युज

सामसङ ‘ग्यालेक्सी जेड फ्लिप ५’ र ‘ग्यालेक्सी जेड फोल्ड ५’ प्रि-अर्डर सुरु

काठमाडौं। सामसङ नेपालले सोमबारबाट आफ्नो ५औं पुस्ताको ग्यालेक्सी फोल्डेबल ‘ग्यालेक्सी जेड फ्लिप ५’ र ‘ग्यालेक्सी जेड फोल्ड ५’ को प्रि–अर्डर सुरु गरेको छ।

कम्पनीका अनुसार यी दुई नयाँ मोबाइलबाट प्रयोगकर्ताले स्लिक र कम्प्याक्ट डिजाइन, अनगिन्ती अप्सन र शक्तिशाली पर्फर्मेन्सका साथ उत्कृष्ट अनुभव पनि पाउनेछन्। नयाँ फ्लेक्स हिन्जले सुन्दरताको सन्तुलन र ठोस डिजाइनसँगै फोल्ड गर्न मिल्ने अनुभव सम्भव तुल्याएको छ।

फोल्ड गर्न मिल्ने मोबाइलमा असाधारण क्यामेरा जडित छन्। लेटेस्ट प्रोसेसरद्वारा शक्ति प्रदत्त टिकाऊ ब्याट्री र बलियो पर्फर्मेन्ससाथ ग्यालेक्सी जेड सिरिजले चालू वा बन्द अवस्थामा स्मार्टफोनसँग हुने सम्भावना रूपान्तरण गरेको कम्पनीले जनाएको छ।

ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ को बजारमा अहिले बिक्री सुरु नभए पनि ग्राहकले साउन २२ बाट प्रि-अर्डर गर्न सक्ने र प्रि–गिफ्ट पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

ग्यालेक्सी जेड फ्लिप ५

ग्यालेक्सी जेड फ्लिप ५ ले सेल्फ एक्सप्रेसनका लागि निर्मित कुनै पकेट साइजको उपकरणमध्येबाट स्टाइलिस, उत्कृष्ट फोल्डेबल अनुभव प्रदान गर्छ। यो मिन्ट, लाभेन्डर र कालो रङमा उपलब्ध छ। यसको बजार मूल्य ८+२५६ जीबी मोडेलको १ लाख ३९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।

ग्राहकले प्रि–अर्डरका दुईवटा गिफ्ट २४ इन्चको सामसङ मोनिटर वा सामसङ ए ७ लाइट एलटिई (३+३२ जीबी) मध्ये कुनै एक रोज्न सक्नेछन्। जसमध्ये २४ इन्चको सामसङ मोनिटरको लागि ५ हजार र सामसङ ए७ लाइट एलटिइएका २ हजार रुपैयाँ अतिरिक्त बेहोर्नुपर्ने छ।

ग्यालेक्सी जेड फोल्ड ५

ठूलो स्क्रिन र धेरै समय चल्ने ब्याट्रीसहितको पातलो हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ जहाँ पनि लैजान सजिलो छ। यो कालो र लाइट ब्लु रङमा उपलब्ध छ। यो १२ जीबी मेमोरीसहित २ सय ५६ जीबी र ५ सय १२ जीबी भण्डारण क्षमता भएका छन्। यसको मूल्य १२+२५६ जीबीको २ लाख २६ हजार ९ सय ९९ र १२+५१२ जीबीको २ लाख ३९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।

कम्पनीका अनुसार ग्यालेक्सी जेड फोल्ड ५ (१२+२५६ जीबी) को प्रि–अर्डरमा आकर्षक उपहार रोज्न सकिने छ। उदाहरणका लागि ग्राहकले फोन कभरसँगै प्रि–मेमोरी अपग्रेड गर्न पाउनेछन् वा ३ हजार रुपैयाँ थपेर २४ इन्चको सामसङ मोनिटर वा ४० हजार थपेर ४७ एमएमको ग्यालेक्सी वाच ६ क्लासिक पाउन सक्नेछन्।

ग्राहकले प्रि–अर्डरमार्फत बढीमा २५ हजार रपैयाँसम्मको लाभ लिन सक्ने र नयाँ ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ मा स्तरोन्नति गर्न वा किन्न इन्स्टा फाइनान्स सुविधाको पनि प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ। न्यूनतम प्रतिमहिना ७ हजार रुपैयाँका दरले शून्य प्रतिशत ब्याजमा किस्ता सुरु हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved