अमेरिकामा पनि मेसीको सनसनी

उमेरसँगै धेरै खेलाडीको प्रदर्शन खस्कँदै जान्छ । तर, मेसीको प्रदर्शन भने झन् खारिँदै गएको छ । अर्कातिर मेसीका कारण अमेरिकाको सकर लिग पनि विश्वमै चर्चित हुन थालेको छ । 

नेपालभ्युज

अमेरिकामा पनि मेसीको सनसनी

काठमाडौं। एफसी डालसविरुद्ध फ्रिकिकमा शानदार गोल गर्दै लियोनेल मेसीले इन्टर मियामीलाई क्वाटरफाइनल पुर्याउन सफल भए । त्यसपछि अर्जेन्टाइन स्टार मेसीको चर्चा फेरि एक पटक विश्वभर नै चुलिएको छ ।

खेलमा मियामी ४-३ ले पछि परेको थियो । ८४ औँ मिनेटमा फ्रि–किकमा मेसीले उत्कृष्ट गोल गर्दै खेल ४–४ को बराबरीमा पुर्याए । पेनाल्टीमा  मियामी ५-३ ले विजयी भयो ।

त्यस अघि उनले छैँटौँ मिनेटमा गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए । तर, मियामीले त्यसपछि लगातार तीन गोल खाएको थियो । लगभग हारेको खेल मेसीले जिताएपछि फेरि एक पटक उनको चर्चा चुलिएको छ ।

त्यसअघि अमेरिकामा उनको डेब्यु खेल पनि चर्चा गर्न लायक थियो । क्रुज अजुलविरुद्ध मेसीले अन्तिम समयमा गोल गरेर टिमलाई जिताएका थिए । १–१ को बराबरीमा खेल चलिरहेका बेला ९४ औँ मिनेटमा फ्रिकिकमा गोल गरेर उनले जित सुनिश्चित गरेका थिए।

पिएसजी छाडेर अमेरिका पुगेपछि मेसीले कला देखाइरहेका छन् । उनको सनसनीपूर्ण प्रदर्शनले अमेरिकाको मेजर लिग सकर पनि विश्वभरी नै चर्चित हुन थालेको छ ।

यो लिगमा मेसीले अहिलेसम्म चार खेल खेलेका छन् । ति सबैमा उनको टिम मियामी विजयी भएको छ । मेसीले ७ गोल गरिसकेका छन् ।

यसअघि तेस्रो खेलमा मेसीले ओर्लान्डो सिटीलाई जित दिलाउन २ गोल गरेका थिए । उक्त खेल मियामीले ३–१ गोलअन्तरले जितेको थियो ।

जुलाई २५ मा एटलान्टा युनाइटेडविरुद्ध मेसीले दोस्रो खेल खेले । सो खेलको २२ मिनेटभित्रै मेसीले २ गोल गरेका थिए । मियामीले खेल ४–० अन्तरले जितेको थियो ।

खेलमा मेसीले आफुले मात्र गोल गरेनन, अन्य खेलाडीको लागि पनि गोल गर्ने वातावरण तयार पारेका थिए ।

अमेरिकामा मेसीको डेब्यु पनि शानदार नै रह्यो । जुलाई २१ मा क्रुज अजुलविरुद्धको खेलमा मेस्सीको नाम सुरुवाती ११ मा थिएन। खेलको निर्धारित समय १–१ को बराबरीमा सकियो। इन्ज्यूरी समयमा मियामीले फ्रिकिक प्राप्त गर्यो।

मियामीले फ्रिकिकका लागि मेसीलाई बोलायो । मेसीले फ्रिकिकमा शानदार गोल गर्दै मियामीलाई जित दिलाए। त्यसपछि उनको रफ्तार रोकिएको छैन । पछिल्ला तीन खेलमा २ गोलको दरले उनले गोल गरेका छन् ।

उमेरसँगै धेरै खेलाडीको प्रदर्शन खस्कँदै जान्छ । तर, मेसीको प्रदर्शन भने झन् खारिँदै गएको छ । अर्कातिर मेसीका कारण अमेरिकाको सकर लिग पनि विश्वमै चर्चित हुन थालेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved