बंगलादेशमा डेङ्गु : तीन सय तीन जनाको मृत्यु, चौसट्ठी हजार संक्रमित

नेपालभ्युज

बंगलादेशमा डेङ्गु : तीन सय तीन जनाको मृत्यु, चौसट्ठी हजार संक्रमित

ढाका ।  लामखुट्टेको टोकाइबाट हुने घातक रोग डेङ्गु लागेर बङ्गलादेशमा तीन सय तीन जनाले ज्यान गुमाएका छन् भने  ६४ हजार बिरामी भएका छन् ।

शनिबार थप १० जनाको मृत्यु भएको र दुई हजार चार सय ९५ जना बिरामी थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार यस वर्ष हालसम्म देशमा पुष्टि भएका बिरामीको सङ्ख्या ६४ हजार पुगेको छ । डेङ्गु लागेर तीन सय तीन जनाले ज्यान गुमाएका छन् ।

दक्षिण एसियाली देश बङ्गलादेशमा गत महिना डेङ्गुबाट पीडित हुने र ज्यान गुमाउनेको सङ्ख्या अत्यधिक रहको महानिर्देशनालयले जनाएको छ । गत महिना दुई सय चार जनाको मृत्यु भयोभने ४३ हजार आठ सय ५४ जना नयाँ बिरामी थपिएका थिए । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved