कर्णालीका दुई लाख नागरिक बिमित, निर्जीवन बिमा गराउने झनै कम

कर्णालीका दुई लाख नागरिक बिमित, निर्जीवन बिमा गराउने झनै कम

सुर्खेत । कर्णाली प्रदेशको कुल जनसंख्या १६ लाख ८८ हजार ४१२ मध्ये दुई लाख १७ हजार ६५० जना बिमित रहेका रहेका छन् ।

नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय प्रमुख पदमप्रसाद सोडारीका अनुसार यहाँ सावधिक जीवन बीमा गर्ने ६५ हजार ६७२, अग्रिम भुक्तानी जीवन बीमा गर्ने, १९ हजार ८३७, रुपान्तरित जीवन बीमा गर्ने १२ हजार ११९, बालबच्चासम्बन्धी जीवन बीमा गर्ने ६० हजार ८०६, आजीवन बीमा गर्ने ८ हजार २८२, एकल बीमा १ हजार ४४०, म्यादी जीवन बीमा गर्ने ६ हजार ४१४ र लघु बीमा गर्ने ४३ हजार ८० जना रहेका छन् ।

कर्णाली प्रदेशमा निर्जीवन बीमाको अवस्थामा निकै न्यून रहेको कार्यालय प्रमुख सोडारीले जानकारी दिए ।

कर्णाली प्रदेशमा निर्जीवन बीमाअन्र्तगत सम्पत्ति बीमा गर्ने १४ हजार ८९०, सामुद्रिक बीमा गर्ने १३९, मोटर बीमा गर्ने २३ हजार ८४१, इन्जिन तथा ठेक्का बीमा गर्ने ७०३, बिबिध बीमा गर्ने ३ हजार १७५, कृषि बाली बीमा गर्ने ११ हजार ५३६ र लघु बीमा गर्ने २ हजार ६९६ जना रहेको कार्यालय प्रमुख सोडारीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved