मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर छैन : उपमहासचिव ज्ञवाली

नेपालभ्युज

मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर छैन : उपमहासचिव ज्ञवाली
फाइल फोटो

लुम्बिनी । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर नभएको बताएका छन् ।  मुलुकले इतिहासकै कमजोर आर्थिक अवस्थाको सामना गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

एमालेका नेता स्व जीवराज आश्रितको ८०औँ जन्मजयन्तीका अवसरमा आज बुटवलमा आयोजित विचारगोष्ठीमा उपमहासचिव ज्ञवालीले राजस्व सङ्कलन न्यून हुँदा कर्मचारीलाई समस्या भएको बताए । निर्माण व्यवसायीले काम पूरा गरेर पनि भुक्तानी पाउन नसकेको अवस्था रहेकाले सरकार यसप्रति गम्भिर हुनुपर्ने उनको भनाइ थियो ।

उपमहासचिव ज्ञवालीले सुन काण्डमा जोडिएका व्यक्तिलाई उन्मुक्ति दिन नहुनेमा सरकारको ध्यानाकर्षण गराए । एमालेले भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग अघि बढाएको उनको भनाइ थियो ।

कार्यक्रममा डा मुरारी पराजुलीले प्रस्तुत गरेको ‘प्रगतिशील संस्कृतिको निर्माणमा जीवराज आश्रितको दृष्टिकोण’ विषयक अवधारणापत्रमा विचार व्यक्त गर्दै उपमहासचिव ज्ञवालीले पार्टीभित्र बढ्दै गएको अराजकता समाधानका लागि जीवराजको विचार अनुशरण गर्नुपर्ने बताए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved