नेपालमा एलिका ब्रान्डको पहिलो शोरुम उद्घाटन

नेपालभ्युज

नेपालमा एलिका ब्रान्डको पहिलो शोरुम उद्घाटन

काठमाडौं। चौधरी ग्रुप अन्तर्गत एलिका ब्रान्डको पहिलो एक्सक्लुसिभ ब्रान्डसप काठमाडौंको टेकुमा खोलिएको छ । एलिका पिबी व्हर्पुल किचेन अप्लाएन्सेसका प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक प्रल्हाद भुताड र सि. जी. इलेक्ट्रोनिक्सका उपाध्यक्ष एस. सि. साबुको उपस्थितिमा शोरुमको उद्घाटन भएको हो ।

एलिका ब्रान्डसपमा एलिका ब्रान्डको चिम्नी, बिल्ट–इन ओभन, माइक्रोवेभ ओभन, डिसवासर, कुकिङ्ग रेन्ज, हब्स र कुक टप्स लगायत अन्य विभिन्न घरायसी विद्युतीय सामाग्रीहरु रहेका छन् ।

स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन, बिक्री वितरण तथा अन्तराष्ट्रिय स्तरको ग्राहक सेवा, उपयोग तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्य सहित शोरुम संचालन गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved