दैनिक सिन्दूर लगाउँदा हुन सक्छ यस्तो नोक्सान

नेपालभ्युज

दैनिक सिन्दूर लगाउँदा हुन सक्छ यस्तो नोक्सान

एजेन्सी । हिन्दु धर्ममा महिलाले सिन्दुर लगाउनुलाई खास महत्व दिइएको छ । रातो रंगको सिन्दुर लगाएर विवाहित महिलाले आफूलाई सौभाग्यशाली महसुस गर्छन् । तर अहिलेको समयमा बजारमा पाइने क्यामिकलयुक्त सिन्दुरले शरीरमा नोक्सान पनि पुर्‍याउने गर्छ । आउनुहोस् यसबारेमा जानौं–

बजारमा पाइने सिन्दुरमा आर्टिफिशियल डाई, मरकरी सल्फेट र सिन्थेटिक डाईको उपयोग गरिन्छ । यस्तोमा सिन्दुर यूज गर्नाले केही समयपछि अगाडिको कपाल कम हुन थाल्छ । जो तालु खुइलिने शुरुआत पनि हुन्छ ।

सिन्दुरमा रातो रंगका लागि लेड ट्रेटो  एक्साइडको प्रयोग गरिन्छ । यस्तोमा यसको दैनिक प्रयोग गर्नाले कपाल चिलाउने हुन थाल्छ । यसका साथै स्काल्पमा इन्फेक्शनको खतरा पनि हुन्छ ।

लेडले तयार गरिएको सिन्दुर दैनिक प्रयोग गर्नाले छालामा खराब असर पर्न सक्छ । यसले छालामा र्‍यासेज तथा चिलाउने समस्या हुन सक्छ । त्यस्तै सिन्दुरमा पाइने सल्फेट एकदमै खतरनाक सावित हुन सक्छ । यसको दैनिक प्रयोगले क्यान्सरको खतरा पनि बढ्न सक्छ ।

दैनिक सिन्दुर लगाउनुको असर टाउकोसँगै नङमा पनि पर्दछ । हातले सिन्दुर लगाउँदा यो नङमा पस्छ । यस्तोमा सिन्दुरमा भएका क्यामिकले तपाईंको नङ पनि खराब गर्न सक्छ । सस्तो सिन्दुरको प्रयोग गर्नबाट बच्नु पर्छ । यसका साथै तपाईं क्यामिकल भएको सिन्दुरको ठाउँमा रातो रंगको लिप लाइनर वा लिपिस्टिकको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

रातमा सुत्नुअघि सिन्दुर तथा मेकअपलाई राम्रोसँग सफा गरेर मात्र सुत्नुहोस् । जसले गर्दा तपाईंको स्काल्पमा यसको कुनै पनि असर नपरोस् । साथै सिन्दुर राम्रो ब्रान्डको प्रयोग गर्नुपर्दछ । जसले कम मात्रामा हानी गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved