पेट्रोल र डिजेलको भाउ बढ्यो, ग्यासको घट्यो

नेपालभ्युज

पेट्रोल र डिजेलको भाउ बढ्यो, ग्यासको घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । निगमले खाना पकाउने ग्यासको मूल्य भने घटाएको छ।

निगमले मंगलबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलको प्रतिलिटर ९ रुपैयाँ, डिजेल तथा मट्टितेलको ७ रुपैयाँ मूल्य बढाएको हो । खाना पकाउने ग्यासको भाउ सिलिन्डरमा १३० रूपैयाँ घटाएको निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर आठ रूपैयाँ १४ पैसा र डिजेलमा ६ रूपैयाँ ८६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ। ग्यासमा भने प्रतिसिलिन्डर ११७ रूपैयाँ ६२ पैसा घटाएर पठाएको छ।

हेर्नुहोस् निगमको विज्ञप्ति-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved