कार्यालय स्थापना भएको तीन वर्षपछि सवारी लाइसेन्स वितरण सुरु

कार्यालय स्थापना भएको तीन वर्षपछि सवारी लाइसेन्स वितरण सुरु

सुर्खेत। कार्यालय स्थापना भएको तीन वर्षपछि रुकुम पश्चिमको चौरजहारीबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) दिन थालिएको छ । चौरजहारी यातायात व्यवस्था सेवा कार्यालयबाट सवारी चालक अनुमतिपत्र आइतबारबाट दिन थालिएको हो ।

कार्यालय स्थापना भएको तीन वर्षपछि पहिलो सेवाग्राहीका रूपमा आठबीसकोट नगरपालिकाका सुदीप ओलीले सवारी चालक अनुमति पत्र पाएका हुन् ।
लाइसेन्सका लागि साउन २ गतेदेखि अनलाइन फारम खुला भएको थियो । अनलाइन फारम भरेकाहरूको बायोमेट्रिक सुरु भएको यातायात व्यवस्था सेवा कार्यालय चौरजहारीका प्रमुख आनन्द चपाईंले बताए ।

‘बायोमेट्रिकपछि लिखित परीक्षा सञ्चालन हुने र त्यसपछि ट्रायल हुन्छ ।’ उनले भने,‘अहिलेलाई ट्रायल सेन्टर भाडामा लिइएको छ । अब चौरजहारीबाटै मोटरसाइकल, कार, जिप, भ्यान, स्कुटर र अटो रिक्साको सवारी चालक अनुमतिपत्र पाइनेछ ।’

२०७६ साल भदौ १२ गते चौरजहारीमा यातायात व्यवस्था सेवा कार्यालयको शाखा उद्घाटन गरिएको थियो । कर्मचारी अभाव लगायतका कारण देखाउँदै उद्घाटन भएको साढे ३ वर्षसम्म कार्यालय अलपत्र परेको थियो ।

कार्यालयले अब सवारी दर्ता, नामसारी, कर असुल, ब्लुबुक नवीकरण, लाइसेन्स नवीकरण, रुट परमिट जारी, सवारी जाँचपास लगायतका सेवा दिइरहेमा अब सवारी चालक अनुमतिपत्र जारी गर्ने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved