रौतहटका बिद्यार्थीले ५० हजारमै ३ वर्षे प्राविधिक शिक्षा अध्ययन गर्न पाउने

नेपालभ्युज

रौतहटका बिद्यार्थीले ५० हजारमै ३ वर्षे प्राविधिक शिक्षा अध्ययन गर्न पाउने

रौतहट। रौतहटको धरहरी, देवाही गोनाही नगरपालिका वडा नं. ११ स्थित रहेको जयकिसान बहु–प्राविधिक शिक्षालयले ५० हजारमै ३ वर्षे प्राविधिक शिक्षा बढाउने भएको छ।

अहिलेसम्म लिँदै आएको प्रति विद्यार्थी ९८ हजार शुल्कलाई घटाएर अबदेखि ५० हजार अध्ययन गराउने निर्णय गरेको छ।

निर्णयसँगै विद्यार्थीहरू अब ५० हजारमै प्राविधिक शिक्षालयले ३ वर्षे ओभरसियर, आइटी र कृषि क्षेत्रमा अध्ययन गर्न पाउने भएका छन्।

जिल्ला प्रशासन कार्यालय रौतहटको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

यो निर्णयसँगै स्थानीयदेखी बाहिर जिल्लाका अध्ययन गर्न खोज्ने निम्न आयस्रोत भएका बिद्यार्थीहरू पनि लाभान्वित हुनेछन। शिक्षालयले आधुनिक प्रविधि अनुसार पठन पाठन गराउदै आएको छ।

जयकिसान बहु–प्राविधिक शिक्षालयमा सुविधा सम्पन्न पुस्तकालय,कम्प्युटर ल्याब,विज्ञान प्रयोगशालाको व्यवस्था गरिएको छ।

शिक्षालयमा डिजिटल प्रविधिबाट अध्यापन गराउने व्यवस्था गरिएको छ। विद्यार्थीलाई आवश्यक पुस्तक लगायत शैक्षिक सामाग्रीहरू शिक्षालयले नै उपलब्ध गराउँदै आएको छ। जयकिसान बहु–प्राविधिक जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सक्षम र सफल शिक्षालयको रूपमा स्थापित छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved