मिटरब्याज सम्बन्धी ८१ मुद्दाको टुङ्गो लाग्यो

नेपालभ्युज

मिटरब्याज सम्बन्धी ८१ मुद्दाको टुङ्गो लाग्यो
फाइल फोटो

राजविराज । यहाँ निवेदन परेका मिटरब्याजसम्बन्धी ८१ वटाको निवेदन टुङ्गो लगाइएको छ ।

जिल्ला प्रशासन कार्यलय, सप्तरीका अनुसार  केही दिनयता दैनिकरूपमा छलफल चलाइरहेको अवस्थामा ८१ निवेदन फर्छ्योट भएको हो । सप्तरी जिल्लामा मिटरब्याजसम्बन्धी एक हजार पाँच सय ७९ निवेदन परेको छ ।

निवेदन उपर जिल्ला प्रशासन कार्यालयमा दैनिक छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए। उनले भने, ‘अहिले दुई ठाउँमा राखेर छलफल भइरहेको छ, छिटोभन्दा छिटो मुद्दा टुङ्गियोस् भन्ने हाम्रो चाहना छ ।’ उनका अनुसार मिटरब्याज पीडितले दिएको निवेदनका आधारमा पीडित र पीडकलाई बोलाएर छलफल गर्ने गरिएको छ ।

पीडित र पीडकको तर्फबाट एक/एक, जिल्ला प्रशासन कार्यालयका एक जना र जिल्ला प्रहरी कार्यालयका एक जना राखेर छलफल चलाइएको प्रजिअ थापाले जानकारी दिए । आवश्यक पर्दा मालपोत, नापीका कर्मचारीलाई पनि छलफलमा सहभागी गराइने गरेको उनले बताए । उनका अनुसार अहिलेसम्म आठ सय तीन पटक छलफल भइसकेको छ । उनले निवेदन परेका मिटरब्याजसम्बन्धी मध्ये ८१ वटा निवेदन फर्छ्योट हुँदा  चार करोड ७६ लाख पीडितले साहुलाई तिराएको छ ।

दुई करोड ८८ लाख ४४ हजारको तमसुक च्यातिएको छ भने १२ बिघा १२ कठ्ठा १६ धुर जग्गा पीडितलाई फिर्ता भएको प्रजिअ थापाले जानकारी दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved