बिहीबारदेखि बागमतीमा सार्वजनिक यातायातको भाडा घट्ने

नेपालभ्युज

बिहीबारदेखि बागमतीमा सार्वजनिक यातायातको भाडा घट्ने

काठमाडौं । बागमती प्रदेशले बिहीबारदेखि सार्वजनिक यातायातको भाडा घटाउने  भएको छ ।  नेपाल आयल निगमले इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेसैंगै  बागमती प्रदेशले गाडी भाडा समायोजन गर्न लागेको हो ।

बागमती प्रदेशमा चल्ने लामो रुटको सवारीमा २ दशमलव ३० प्रतिशत, मालबाहक सवारी साधन (ट्रक)मा ३ दशमलव १ प्रतिशत र सिटी बसहरुमा ३ दशमलव २६ प्रतिशतले भाडा घट्ने मन्त्रालयले जनाएको छ  ।

नयाँ भाडा दर अनुसार यसअघि २ सय ९४ रुपैयाँ कायम रहेको काठमाडौं–कुरिनटारसम्मको भाडा २ सय ८७ रुपैयाँ कायम हुनेछ । यस्तै अन्य रुटहरुमा पनि भाडा घट्ने मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा ७ किलोमिटरसम्म चढ्ने वित्तिकै सार्वजनिक यातायामा १९ रुपैयाँ भाडा लाग्नेमा बिहीबारदेखि भने १ रुपैयाँ घटेर चढ्ने वित्तिकै १८ रुपैयाँ भाडा लाग्ने छ ।

यसअघि प्रदेशमा ११ जेठमा भाडा समायोजन गरिएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved