सुनसरीमा गोली हानेर एक युवकको हत्या

नेपालभ्युज

सुनसरीमा गोली हानेर एक युवकको हत्या
सांकेतिक तस्वीर।

काठमाडौं । सुनसरीको धरान– इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली हानी शुक्रबार एक जनाको हत्या भएको छ ।

विराटनगर महानगरपालिका- ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार मूलघाटबाट विराटनगर जाँदै गरेका चौधरीमाथि गोली हानी लुटपाट समेत गरिएको थियो । गोली लागेर गम्भीर भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।

चौधरीको साथमा भएको नगद रकम र मोबाइल समेत लुटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved