साउनको पहिलो सोमबार : भालेश्वर महादेव मन्दिरमा विशेष आरती (तस्वीरहरु)

हिन्दु धर्मावलम्बीहरु भालेश्वर महादेवको दर्शन गरेमा मृत्यु पश्चात शिवलोकमा बास हुने विश्वास गर्दछन्।

साउनको पहिलो सोमबार : भालेश्वर महादेव मन्दिरमा विशेष आरती (तस्वीरहरु)

काठमाडौं । भालेश्वर महादेव मन्दिर चन्दागिरी डाँडामा रहेको प्रसिद्ध मन्दिर हो ।  समुन्द्री सतहबाट २५५१ मिटर उचाईमा अवस्थित  भालेश्वर महादेव मन्दिरमा सोमबार साँझ विशेष आरती सम्पन्न भएको छ।

हिन्दु पुराण हिमवत्खण्डका अनुसार सत्ययुगमा शतिदेवीको मृत शरिरलाई बोकेर महादेवले पृथ्वीको परिक्रमा लगाउने बेलामा शतिदेवीको भाल अर्थात् निधार पतन भएको हुनाले यो ठाउँमा भालेश्वर महादेवको उत्पत्ति भएको किवंदन्ती रहि आएको छ ।

हिन्दु धर्मावलम्बीहरु भालेश्वर महादेवको दर्शन गरेमा मृत्यु पश्चात शिवलोकमा बास हुने विश्वास गर्दछन्।

भालेश्वर महादेव रहेको चन्द्रागिरि डाँडा ऐतिहासिक महत्त्वका हिसाबले पनि महत्त्वपूर्ण स्थान हो जहाँबाट नेपाल एकिकरण गर्ने समयमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका अवलोकन गरेका थिए। उक्त समयमा पृथ्वीनारायण शाहले भालेश्वर महादेव मन्दिरमा उपत्यका विजय गर्ने इच्छा प्रकट गरेका र उनको मनोकामना भालेश्वर महादेवले पूरा गरेको जनविश्वास समेत रहिआएको छ।

हाल चन्द्रागिरी डाँडा सम्म जान सन् २०१६ देखि चन्द्रागिरी केबलकारले सेवा दिदै आएको छ। थानकोटदेखि चन्द्रागिरी डाँडा सम्म २.४ किमी दुरीमा ३८ वटा गन्डोलाहरू भएको केवलकारहरु संचालनमा रहेका छन् जसबाट प्रति घण्टा १००० जना मानिसहरू आवत जावत गर्दछन् ।

तस्वीरहरु :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved