काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा श्रद्वालुको भीड (तस्वीरहरु)

पार्वतीले साउन महिनामा निराहार रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको धार्मिक कथन अनुसार विशेषगरी हिन्दु महिलाहरूले यसलाई बढी महत्त्व दिने गरेका छन् ।

काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा श्रद्वालुको भीड (तस्वीरहरु)

काठमाडौं  । हिन्दु धर्मशास्त्र अनुसार भगवान् शिवको प्रिय महिना साउन र सोमबार मानिन्छ । यस दिन हिन्दु धर्मावलम्बीहरुले भगवान शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृत चढाएर पूजाअर्चना गर्दछन् ।

साउन महिना र सोमबार शिवको स्तुति गर्नाले मानव तथा चराचर जगतका लागि निकै कल्याणकारी रहन्छ भन्ने शास्त्रीय मान्यता रही आएको छ ।

पार्वतीले साउन महिनामा निराहार रही कठोर व्रत बसेर भगवान् शिवलाई प्राप्त गरेको धार्मिक कथन अनुसार विशेषगरी हिन्दु महिलाहरूले यसलाई बढी महत्त्व दिने गरेका छन् ।

हिन्दु पुराणहरूमा मुख्य तीन थरी व्रतको चर्चा पाइन्छ । साउने सोमबार, सोह्र सोमबार र सोम प्रदोष । अन्य बारको तुलनामा साउनको सोमबार व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ।

देशभरका शिवालयहरूमा साउन महिनाभरि शिवको विशेष उपासना गर्न श्रद्धालुहरूको ठूलो भीड लाग्दछ । आज बोलबम तीर्थयात्रीहरूले पनि शिवालयहरूमा गई भगवान् शिवलाई जल चढाउने गर्दछन् ।

चन्द्रमास पात्रो अनुसार यो वर्ष साउन महिनामा अधिकमास परेकोले असारको अन्तिम सोमबार देखिनै श्रद्वालुहरु व्रत बस्न सुरु गरेका छन्।

अधिकमास भएको कारण यो वर्ष विधि पुर्‍याएर व्रत बस्नेहरुले ८ वटा सोमबार अर्थात जनै पुर्णिामाको अघिल्लो सोमबार सम्म व्रत बस्नुपर्ने शास्त्रीय मान्यता छ।

हेर्नुस् तस्वीरहरु  

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved