एनआरएनए बेल्जिमयको अध्यक्षमा सीता सापकोटा विजयी

नेपालभ्युज

एनआरएनए बेल्जिमयको अध्यक्षमा सीता सापकोटा विजयी

काठमाडाैं | गैर आवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा सीता सापकोटा विजयी भएकी छन् ।

संघको आइतवार सम्पन्न निर्वाचनमा  तीर्थ धमलालाई पराजित गर्दै सापकोटा विजयी भएकि हुन् ।

२०७६ मत खसेकोमा सापकोटाले १११२ मत प्राप्त  गर्दा धमलाले ९४८ मत पाए ।

संघको महासचिवमा रुविना शर्मासहित पुरै कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

यस्तै उपाध्यक्षमा कासी दनई, लोकेन्द्र नेपाल (पुष्प), महिला उपाध्यक्षमा सावित्री गिरी, युवाउपाध्यक्षमा रुवु श्रेष्ठ बस्नेत, जनजाति उपाध्यक्षमा इन्दीरा चाम्लिङ राई निर्विरोध निर्वाचित भएका हुन् ।

उपमहासचिवमा राजेन्द्र कार्की, सचिवमा रमेश दाहाल, ईश्वरा शर्मा, संजयदेव श्रेष्ठ, महिला सचिवमा जमुना शर्मा, कोषाध्यक्षमा अजित तुलाचन, सहकोषाध्यक्षमा डा. राजु श्रीवास्तव निर्वाचित भएका छन् ।

यसैगरी संघको महिला संयोजकमा शारदा घिताल, महिला उपसंयोजकमा शरु श्रेष्ठ गुरुङ्ग, युवासंयोजकमा सुदिप चौधरी, अन्तरपेन संयोजक चित्र गुरुङ्ग, लुभेन संयोजक सुरज खरेल, ब्रुज संयोजक देवी कुमारी शर्मा (लक्ष्मी) निर्विरोध भएका छन।

कार्यसमिति सदस्यहरुमा सूर्य प्रसाद सापकोटा, रोशन गौतम, दिपीका केसी, विनोद शाही, निता सुब्वा, रस्मी निरौला, जानु नेपाल, विक्की मल्ल, सरोज आचार्य, रमेश सापकोटा निर्विरोध निर्वाचत भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved