दुवै सदनबाट बजेट पारित, कार्यान्वयनको बाटो खुल्यो

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट दुवै सदनबाट पारित भएको छ ।

नेपालभ्युज

दुवै सदनबाट बजेट पारित, कार्यान्वयनको बाटो खुल्यो

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट दुवै सदनबाट पारित भएको छ । प्रतिनिधिसभाको सन्देशसहित आएको बजेट बिहीबार राष्ट्रिय सभाबाट पनि बहुमतले पारित भएको हो ।

बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव गरेका थिए । अर्थमन्त्रस्त्रीको उक्त प्रस्ताव राष्ट्रिय सभाको बहुमतले पारित भएको भएको हो ।

सरकारले जेठ १५ गते प्रतिनिधिसभा बजेट प्रस्तुत गरेको थियो । सरकारले प्रस्ताव गरेको बजेट यही असार १३ गते प्रतिनिधिसभाबाट सन्देशसहित पारित भएको थियो ।

दुवै सदनबाट पारित भएसँगै बजेट कार्यान्वयनको बाटो खुलेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved