कोशीमा सरकार गठनबारेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

नेपालभ्युज

कोशीमा सरकार गठनबारेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश
फाइल फाेटाे

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनबारे दायर रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सरकार गठनबारे नेकपा एमालेले दायर गरेको रिटमा बुधबार सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।

उक्त  प्रदेशमा  एमाले नेतृत्वको सरकार ढलेसँगै सभामुख बाबुराम गौतमको मतबाट सत्तारुढ गठबन्धनले सरकार गठन गरेको थियो ।

सर्वोच्चले विपक्षीहरुको नाममा ७ दिनको समय दिएर साउन ३ गतेभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved