रातमा ‘ब्रा’ लगाएर सुत्दा हुने स्वास्थ्यसम्बन्धी नोक्सान

नेपालभ्युज

रातमा ‘ब्रा’ लगाएर सुत्दा हुने स्वास्थ्यसम्बन्धी नोक्सान

एजेन्सी । ब्रा लगाउँदा शरीरको शेप ठिक रहन्छ र ब्रेस्ट पनि तलतिर झर्दैनन् । तर रातमा ब्रा लगाएर सुत्दा तपाईंलाई स्वास्थ्य सम्बन्धी कैयौं समस्याहरुको सामना गर्नुपर्ने हुन सक्छ । आउनुहोस् यसबारेमा विस्तारमा जानौं ।

इन्फेक्शनको जोखिम
दिनभर ब्रा लगाइराख्ने हुँदा ब्रेस्टको वरपरको भागमा अत्यधिक पसीना आउँछ । पसिनाले गर्दा ब्याक्टेरियाले जन्म लिन्छन्, जो पछि फंगल इन्फेक्शनको कारण पनि बन्न सक्छ ।

चिलाउने समस्या

हरेक समय ब्रा लगाउने गर्दा पसिनाको कारणले तपाईंको ब्रेस्ट चिलाउने जस्तो समस्या हुन सक्छ । यस्तोमा हावा ठिकसँग आउने जाने हुनुपर्छ त्यसैले रातको समयमा ब्रा खोलेर नै सुत्नुपर्छ ।

दुखाई

रातभर ब्रा लगाएर सुत्नाले तपाईंको ब्रेस्टमा दबाव पर्न सक्छ । जसले गर्दा निप्पल्स दुख्ने समस्या पनि हुन सक्छ । ब्रा निकालेर सुत्दा तपाईं आरामदायी ढंगले सुत्न सक्नुहुन्छ ।

रक्त सञ्चार

यदी रातमा ब्रा लगाएर सुत्नुहुन्छ भने, ब्रेस्टको वरपर राम्रोसँग रक्तसञ्चार हुन पाउँदैन् । ब्लड सर्कुलेशनमा समस्या आउँदा तपाईंलाई कैयौं समस्याहरुको सामना गर्नुपर्ने हुन्छ  ।

निद्रामा असर
कसिलो ब्रा लगाएर सुत्दा तपाईंले राम्रो निद्रा लिन सक्नुहुन्न । त्यसैले सुत्ने बेला सधैं ब्रा निकालेर सुत्नुहोस् । निद्रा पूरा नहुने कारण तपाईंलाई तनाव, आँखाको तल कालो दाग आदि जस्ता समस्याहरु हुन सक्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved