लम्पी स्किन रोगबाट कर्णाली पनि प्रभावित, सात हजार बढी पशुचौपाया मरे

लम्पी स्किन रोगबाट कर्णाली पनि प्रभावित, सात हजार बढी पशुचौपाया मरे

सुर्खेत। कर्णाली प्रदेशमा लम्पी स्किन रोगबाट निकै प्रभावित बनेको छ । कर्णालीमा पछिल्लो समय लम्पी स्किन रोगका कारणले १० जिल्ला प्रभावित भएका हुन् ।
गत चैत्र सल्यान र सुर्खेतका केह्री ठाउँमा देखिएको लम्पी स्किन रोग अहिले कर्णालीका १० वटै जिल्लामा फैलिएको छ ।

लम्पी स्किन रोगका कारणले प्रदेश भर संक्रमित पशुको संख्या २ लाख ७ हजार २ सय ७३ रहेको छ । जसमा बाच्छाबाच्छी ४२ हजार ५ सय ६, गाई ४५ हजार १ सय ३०, गोरु १ लाख १६ हजार ४ सय १४ , भैंसी २ हजार ३ सय ९१ र चोरी २ सय ८२ रहेका छन् । तीमध्ये कर्णालीमा लम्पी स्किन रोगबाट संक्रमित एक लाख २५ हजार ९१ पशुचौपायाको उपचार गरिएको छ भने ९ हजार ९ सय १ लाई खोप लगाइएको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

महामारीको रूपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न प्रदेश सरकार गम्भीर रहेको बताउँदै मन्त्रालयका निमित्त सचिज भुजले लम्पी रोग संक्रमित पशुको आधारमा मृत्युदर ३ दशमलव ६८ प्रतिशत रहेको बताए ।

१७ हजार डोज खोप जिल्लामा पुग्यो

मन्त्रालयले रोग रोकथाम तथा नियन्त्रणका लागि ४० लाख रकमान्तर गरी १७ हजार डोज खोप तथा अन्य औषधि खरिद गरी सबै जिल्लामा वितरण गरिएको जनाएको छ । १७ हजार खोप मध्ये हालसम्म ९ सय ९ सय १ डोज खोप लगाइएको र ७ हजार ९९ डोज खोप अझै स्टक रहेको जनाएको छ ।

सात हजारभन्दा बढी पशुचौपाया मरे

यस्तै, लम्पी स्किन रोगबाट प्रदेश भर सात हजार बढी पशुचौपाय मरेका छन् । कर्णालीका १० जिल्ला मध्ये महामारीका रूपमा फैलिएको रोगबाट हालसम्म ७ हजार ६ सय ३२ पशुचौपाय मरेको कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार लम्पी स्किन रोगबाट सबैभन्दा धेरै जाजरकोट प्रभावित देखिएको छ । जाजरकोटमा २ हजार ४ सय ३० पशुचौपाय मरेको मन्त्रालयका निमित्त सचिव राजु भुजले जानकारी दिए । उनका अनुसार जाजरकोटमा बाच्छाबाच्छी ३ सय ६५, गाई ५२५, गोरु १ हजार ४ सय ९५,र भैँसी ४६ मरेका छन् ।

यसैगरी, रुकुममा ४५७ गोरु, र ११ भैँसी गरी ४६८, सल्यानमा ९५ बाच्छाबाच्छी , १९५ गाई , ६३१ गोरु र ९२ भैँसी गरी १ हजार १३, सुर्खेतमा २६१ बाच्छाबाच्छी, २६९ गाई, ४०४ गोरु र ९४ भैंसी गरी १ हजार २८ पशुचौपाया परेका छन् ।

यस्तै, दैलेखमा ११५ बाच्छाबाच्छी, ६४ गाई, २९२ गोरु र ३ भैँसी ३ गरी ४७४, कालिकोटमा बाच्छाबाच्छी ८०, गाई १९७, गोरु २५० र ३ भैँसी गरी ५३०, मुगुमा ५९ बाच्छाबाच्छी , ३६ गाई र २६ गोरु गरी १२१, डोल्पामा १९ बाच्छाबाच्छी, गाई ४०, ४१ गोरु र २ चौ‌ँरी गरी १०२ र हुम्लामा २५३ बाच्छाबाच्छी, ५४५ गाई, ६६८ गोरु गरी १ हजार ४ सय ६६ पशुचौपाया मरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved