मनाङ एयर हेलिकोप्टर दुर्घटना : सवार ६ जनाकै मृत्यु

नेपालभ्युज

मनाङ एयर हेलिकोप्टर दुर्घटना : सवार ६ जनाकै मृत्यु

सोलुखुम्बु । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । हेलिकोप्टरमा सवार ६ जनाको नै शव फेला परेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले ६ जनाकै मृत्यु भएको पुष्टि गरे ।

जिल्लाको लिखुपिके गाउँपालिका र दूधकुण्ड गाउँपालिकाको सिमानामा पर्ने लामजुराको भकान्जेस्थित च्यानडाँडा मङ्गलबार बिहान दुर्घटनाग्रस्त ९एन–एएमभी कलसाइन भएको हेलिकोप्टरमा क्याप्टेन चेत गुरुङसहित ५ मेक्सिकन नागरिक सवार थिए । जिल्लाको सुर्केबाट बिहान ९:५२ बजे उडेको हेलिकोप्टर उडेको ६ मिनेटमै सम्पर्कविहीन भएको थियो ।

२ जना प्रहरी घटनास्थलमा पुगिसकेका र थप सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गइरहेको प्रजिअ भट्टराईले बताएका छन् ।

च्यानडाँडामा चौरी गोठालाले भेटे दुर्घटना भएको हेलिकोप्टर, खराब मौसमले उद्धारमा हेलिकोप्टर जान सकेन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved