कोशी सरकारविरुद्धको रिट सोमबार पनि ‘हेर्न नभ्याइने’ मा

नेपालभ्युज

कोशी सरकारविरुद्धको रिट सोमबार पनि ‘हेर्न नभ्याइने’ मा
फाइल फाेटाे

काठमाडौं । कोशी सरकारविरुद्ध नेकपा एमालेले दिएको रिट सोमबार पनि ‘हेर्न नभ्याइने’ मा परेको छ ।

सभामुख बाबुराम गौतमको समेत समर्थनमा कांग्रेसका उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा दायर गरेको उक्त  रिट आज पनि ‘हेर्न नभ्याइने’ मा परेपछि  सुनुवाई नभएको हो ।

आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा ‘हेर्न नभ्याइने’ मा परेको सो रिट  सोमबार न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved