समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीले संयुक्त संघर्ष गर्ने

नेपालभ्युज

समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीले संयुक्त संघर्ष गर्ने

काठमाडौं । शैक्षिक सुधारको लागि संघर्षरत समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीको पवन कार्की समूहले सहकार्य गर्ने भएको छ ।

शनिबार नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा बैठक बसी विभिन्न शैक्षिक मुद्दा सहकार्य गर्ने सहमति भएको युनियनका अध्यक्ष नेत्र चापागाईंले जानकारी दिए ।

‘उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, तत्काल शिक्षा ऐन जारी गर्ने र विश्वविद्यालयको शैक्षिक क्यालेन्डर लागु गर्ने लगायतका विषयमा सहकार्य गर्ने सहमति भएको छ,’ अध्यक्ष चापागाईले भने ।

दुई संगठनले शिक्षामा सुधारका लागि रचनात्मक र सकारात्मक दबाबमुलक आन्दोलन गर्ने सहमति भएको उनले बताए ।

दुई संगठनले सोमबारबाट एक हप्ताभरी देशभरका क्याम्पस, जिल्ला प्रदेश गाउँपालिका, नगरपालिका सबैतिर हस्ताक्षर अभियान चलाउने सहमति गरेका छन् ।

२७ गते काठमाडौंमा शान्तिपूर्ण र रचनात्मक प्रदर्शन गरे र ३१ गते सरोकारवालासँग व्यापक अन्तरक्रिया गर्ने सहमति भएको अध्यक्ष चापागाईंले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved