जुकरबर्गको कम्पनी मेटाविरुद्ध मुद्दा हाल्ने एलन मस्कको चेतावनी

नेपालभ्युज

जुकरबर्गको कम्पनी मेटाविरुद्ध मुद्दा हाल्ने एलन मस्कको चेतावनी

एजेन्सी। एलोन मस्कको कम्पनी ट्विटरले मार्क जुकरबर्गको कम्पनी मेटाविरुद्ध कानुनी कारबाही गर्ने धम्की दिएको छ ।

यो धम्की यस्तो समयमा आएको हो जब मेटाले एक दिन पहिले ट्विटर जस्तै नयाँ प्लेटफर्म थ्रेड सुरु गरेको छ । थ्रेड्स नामको यो नयाँ सोशल मिडिया प्लेटफर्म एप सुरु भएको केही घण्टामै करोडौंले डाउनलोड गरेका छन्। डाउनलोड गर्नेको संख्या द्रुत गतिमा बढिरहेको छ।

ट्विटरका मालिक एलन मस्कले ट्वीटरमा लेखेका छन्, ‘प्रतिस्पर्धा सही हो तर धोका दिनु गलत हो ।’

एलन मस्कका वकिल एलेक्स स्पिरोले पनि मार्क जुकरबर्गलाई पत्र लेखेका छन् र थ्रेड मुद्दामा आफ्नो आपत्ति दर्ता गरेका छन्। उक्त पत्रमा मेटा कम्पनीले ट्विटरका पूर्व कर्मचारीहरूलाई काममा लिएको र ट्वीटरको गोप्य र महत्त्वपूर्ण जानकारी लिक गरेको भन्ने आरोप लगाइएको छ।

केही समयअघि एलोन मस्कले ट्विटरका हजारौं कर्मचारीलाई बर्खास्त गरेका थिए ।

मस्कका वकिलले आफ्नो पत्रमा लेखेका छन् , ‘ट्विटरले मेटालाई ट्वीटरसँग सम्बन्धित गोप्य र उच्च गोप्य सूचनाको प्रयोग तत्काल बन्द गर्न माग गर्दछ।’

समाचार एजेन्सी रोयटर्सले यो पत्रको पुष्टि गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved