एसइई उत्तीर्णलाई ओलीको सुझाव- रुचिको आधारमा विषय छनोट गर्नु

नेपालभ्युज

एसइई उत्तीर्णलाई ओलीको सुझाव- रुचिको आधारमा विषय छनोट गर्नु

काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्ने विद्यार्थीलाई रुचिको आधारमा विषय छनोट गर्न सुझाव दिएका छन् । अध्यक्ष ओलीले

बिहीबार सामाजिक सञ्जालमार्फत एसइईको परीक्षामा सर्वोत्कृष्टसहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीलाई बधाई दिदैं यस्तो सुझाव दिएका हुन् ।

उनले एसइई उत्तीर्ण विद्यार्थीलाई अबको पढाइमा विषय छनोट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा गर्न सुझाव दिए ।  ‘शिक्षामा आफूले छनोट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस्’ उनले लेखेका छन्, ‘जीवनका सम्पूर्ण परीक्षा सफल होउन्, उत्तरोत्तर प्रगतिको कामना !’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved