प्रधानमन्त्रीको अभिव्यक्तिले सबैलाई अफ्ठ्यारो महसुस भएको छ : गगन थापा

नेपालभ्युज

प्रधानमन्त्रीको अभिव्यक्तिले सबैलाई अफ्ठ्यारो महसुस भएको छ : गगन थापा

काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद अवरुद्ध भएको बारे प्रधानमन्त्रीले संसदमा आफ्नो धारणा राखेपछि स्पष्ट हुने बताएका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा भएको जिल्ला सभापतिहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री पष्पकमल दाहालले दिएको अभिव्यक्तिले सबैलाई अफ्ठ्यारो महशुस गरेको बताए । उनले प्रधानमन्त्री दाहालले पुस्तक विमोचनका क्रममा अभिव्यक्त गरेको कुरा प्रधानमन्त्रीको हैसियतले बोल्नु नहुने र शोभनीय नभएको पनि बताए । उनले प्रधानमन्त्री स्वयंले यस विषयमा संसदमा स्पष्टीकरण दिएपछि अन्योलता हट्ने पनि स्पष्ट पारे ।

महामन्त्री थापाले आजको बैठकमा जिल्ला सभापतिहरुले आगामी केन्द्रिय समितिले सबै समस्यालाई हल गरेर लैजान सुझाव दिएको बताए । बैठकमा जिल्ला सभापतिहरुले नेपाली काँग्रेसका नेतृत्वमा रहेका सबै तहका सरकारको प्रस्तुती  र प्रगतिको समीक्षा गर्दै बढी भन्दा बढी काम गरेर परिणाम निकाल्ने गरी सरकार सञ्चालन गर्न आग्रह गरेका छन् । पार्टीका नेताहरु भ्रष्टाचारको मुद्दामा जोडिएका, आरोपित भएको विषयमा कठोर रुपमा उभिन आग्रह गरेका छन् ।

राष्ट्रियताको सवालमा पनि पार्टीको स्पष्ट धारणा आउनुपर्ने कुरा बैठकमा राखेको महामन्त्री थापाले बताए । पार्टी सभापतिहरुले नेपाली काँग्रेसले देशव्यापी प्रशिक्षण तथा जागरणको अभियान चलाउनुपर्ने सुझाव दिएको बताए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved