मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व पूरा गर्नेगरी आउँछः गभर्नर

नेपालभ्युज

मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व पूरा गर्नेगरी आउँछः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व पूरा गर्नेगरी आउने बताएका छन् ।

बिहीवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघको तर्फबाट आयोजित आगामी मौद्रिक नीति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउएका हुन् ।  उनले राष्ट्र बैंक आफ्नो जिम्मेवारीबाट भाग्न नसक्ने भन्दै मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व, आर्थिक विकासमा केन्द्रित रहने बताए।

उनले राष्ट्र बैंकले अहिले मौद्रिक नीतिका लागि सुझाव संकलन गरिरहेको बताए । ‘सबै उद्यमी व्यवसायीको प्रतिनिधित्व गर्ने संस्थाहरु हुनुहुन्छ, फरक फरक किसिमले आउँदा हामीलाई पनि समावेश गर्न गाह्रो हुन्थ्यो, तर अहिले एकमुष्ट रुपमा आएका सुझावले कार्यान्वयन गर्न सहज हुनेछ’ उनले भने, ‘मौद्रिक नीतिका बारेमा हामी सुझाव नै संकलन गरिरहेका छौँ, यस हिसावमा हामीले प्रशस्त मात्रामा पृष्ठपोषण र संस्थागत, व्यक्तिगत रुपमा पनि सुझावहरु पाइरहेका छौँ । यी सुझाव हाम्रा लागि महत्वपूर्ण र मूल्यवान छन् ।’

उनले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व, आर्थिक विकासमा केन्द्रित रहने  र राष्ट्र बैंकको जिम्मेवारीबाट भाग्न नसक्ने बताए । गभर्नर अधिकारीले मौद्रिक नीतिबारे दिइएका सुझावले राष्ट्र बैंकलाई प्रशस्त मात्रामा पृष्ठपोषण भइरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved