बसमा करेन्ट लागेर मृत्यु भएका दुईजना बाबु-छोरा भएको पुष्टि

बसमा करेन्ट लागेर मृत्यु भएका दुईजना बाबु-छोरा भएको पुष्टि

सुर्खेत। सल्यानमा गुडिरहेको बसमा करेन्ट लागेर मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ । सल्यान कपुरकोट गाउँपालिका ३ चोरखोलानजिकै लत्रिएको ११ हजार भोल्टेजको विद्युतीय तारमा रा. १ ख ८३४ नम्बरको बसले छुँदा  बाबुछोराको मृत्यु भएको हो।

मृत्यु हुनेमा गंगादेव गाउँपालिका (४ निवासी ७० वर्षका बालाराम डाँगी र उनका छोरा ४५ वर्षका टोपलाल डाँगी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए ।

त्यस्तै, गाडी धनी सल्यानको छत्रेश्वरी गाउँपालिका–६ निवासी ३३ वर्षका महेन्द्र वली गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । बसमा २७ जना यात्रु सवार रहेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved