अर्घाखाँचीमा पहिरो, तीन बालबालिकाको मृत्यु

नेपालभ्युज

अर्घाखाँचीमा पहिरो, तीन बालबालिकाको मृत्यु
फाइल तश्वीर

काठमाडौं । अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ ।

पाणिनी गाउँपालिका– १ का गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको मृत्यु भएको हो ।

पहिरोले पुरिएर १० वर्षीय धनबहादुर रास्कोटी, ११ वर्षीया मञ्जु रास्कोटी र १२ वर्षीय खुमबहादुर रास्कोटीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा सचिन रास्कोटी सामान्य घाइते भएका छन् । घटनास्थलमा प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved