निजी बैंकलाई सरकारमातहत ल्याउन सांसद सुवालको सुझाव

नेपालभ्युज

निजी बैंकलाई सरकारमातहत ल्याउन सांसद सुवालको सुझाव

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निजी बैंंकहरुलाई तत्काल सरकार मातहत ल्याउनुपर्ने बताएका छन् । आइतबार संसदमा बोल्दै सांसद सुवालले तत्काल निजी बैंकहरुलाई सरकारमातहत ल्याउनुपर्ने बताएका हुन् ।

उनले निजी बैंक नाफाका लागि मात्रै खोलिएको र त्यसले मिटरब्याज पीडितको पीडालाई सम्बोधन गर्न नसक्ने भन्दै त्यस्ता बैंकहरुलाई राज्यको मातहत ल्याउनपर्ने बताएका हुन् । राज्यले आमनागरिकको जिम्मेवारी लिन नसके सरकारमा बसिरहनु पनि नहुने उनको भनाइ थियो ।

सरकार नागरिकप्रति जिम्मेवार हुने हो भने धेरै समस्या समाधान हुने उनको तर्क छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved