अमिषा पटेलले ‘लिक’ गरिन् ‘गदर २’ को कथा

नेपालभ्युज

अमिषा पटेलले ‘लिक’ गरिन् ‘गदर २’ को कथा

एजेन्सी। बलिउड अभिनेत्री अमिषा पटेलको फिल्म ‘गदर २’ लाई प्रशंसकले आतुरतासँग पर्खिरहेका छन् । यस फिल्मको टिजर र एउटा गीत प्रदर्शन भइसकेको छ । फिल्म ‘गदर २’ ११ अगस्त २०२३ मा सिनेमाघरमा प्रदर्शन हुँदैछ ।

यस फिल्ममा सनी देओल मुख्य भूमिकामा देखिँदैछन् । फिल्मलाई लिएर अमीषा पटेलले सामाजिक सञ्जालमार्फत् एउटा ठूलै अपडेट दिएकी छन् । जसलाई लिएर उनले ट्रोलिंगको सामना गर्नु परिरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताको भनाइ छ यसरी त तपाईंले फिल्मको सम्पूर्ण कथा भन्नुहुनेछ अनि यो फिल्म हेर्न को जान्छ ? आउनुहोस् जानौं फिल्म ‘गदर २’ की ‘सकिना’ यानिकी अमीषा पटेलले सामाजिक सञ्जालमा कस्तो पोस्ट सेयर गरेकी छन् ?

फिल्म ‘गदर २’ को एउटा सिन सामाजिक सञ्जालमा जमेर भाइरल भएको थियो जसलाई देखेर धेरैजना भावुक भएका थिए । यस सिनमा तारा सिंह यानिकी सनी देओल चिहानको छेउमा बसेर रोइरहेका देखिन्छन् । त्यसपछि सबैले फिल्ममा ‘सकिना’को मृत्यु भएको होला भन्ने सोच्छन् ।

अहिले अमिषा पटेलले आफ्नो इन्स्टाग्राम अकाउन्टमा फिल्म ‘गदर २’ को त्यही सिनको एउटा फोटो सेयर गरेकी छन् । यस तस्वीरमा अमिषा पटेलले लेखेकी छन्, ‘हेलो मेरा प्यारा प्रसशंक । तपाईंहरूमध्ये धेरै यो सिनलाई लिएर चिन्तामा हुनुहुन्थ्यो कि सकिना मरेकी छन् । तर, यस्तो होइन । यो को हो यसबारेमा म अहिले केही भन्न सक्दिनँ, तर यो सकिना त हुँदै होइन । त्यसैले तपाईंहरू चिन्ता नलिनुस् । सबैलाई एकदमै माया ।”

अमिषा पटेलको यस पोस्टलाई सबैले ट्रोल गरिरहेका छन् । एक जना युजरले लेखेका छन्, ‘तपाईंले त यसरी सबै कथा नै भन्नुहुनेछ ।’ त्यस्तै, अर्को एक जना लेख्छन्, “अब फिल्म कसले हेर्छ ?” यसरी नै कसैले के गरेको यस्तो भनेका छन् भने यसरी पनि कसैले कथा बताउँछ फिल्म आउनुअघि ? भनेर सोधेका छन् ।

अनिल शर्माको निर्देशनमा बनेको फिल्म ‘गदर’ सन् २००१ मा आएको थियो भने अब २०२३ मा २२ वर्षपछि फिल्म ‘गदर २’ प्रदर्शन हुँदैछ । फिल्म ‘गदर’ मा सनी देओल र अमीषा पटेलसँग उत्कर्ष शर्मा देखिएका थिए ।

एकपटक फेरि अनिल शर्माकै निर्देशनमा बनेको फिल्म ‘गदर २’ मा पनि सनी देओल सँगै अमीषा पटेल र उत्कर्ष शर्मा पनि देखिँदैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved