बजेटबारे अर्थमन्त्रीको प्रष्टोक्ति: भाँडो सानो भएकाले धेरै पकाउन सकिएन

नेपालभ्युज

बजेटबारे अर्थमन्त्रीको प्रष्टोक्ति: भाँडो सानो भएकाले धेरै पकाउन सकिएन

काठमाडौं । अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको स्रोत कम भएकाले सबै पक्षलाई समेट्न नसकेको स्वीकारेका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्योलताका बीचमा पनि आफूले जायज कुराहरुलाई सम्बोधन गरेर बजेट विनियोजन गरेको दाबी गरे ।

उनले अर्थतन्त्रलाई चलायमान गर्नसक्ने कुरालाई मध्यनजर गरी बजेट ल्याएको उल्लेख गर्दै कसैको मुख नहेरी र कसैलाई फाइदा वा बेफाइदा पुग्नेगरी बजेट विनियोजन नगरेको स्पष्ट पारे ।

कसौंडीमा पाक्नसक्ने जति चामल पकाएको तर सबैलाई भाग पुर्याउन नसकेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved