फ्रान्सको हिंसा नियन्त्रणको लागि ४० हजार पुलिस परिचालन गरिँदै, पक्राउ पर्नेको संख्या १८० पुग्यो

नेपालभ्युज

फ्रान्सको हिंसा नियन्त्रणको लागि ४० हजार पुलिस परिचालन गरिँदै, पक्राउ पर्नेको संख्या १८० पुग्यो

काठमाडौं। फ्रान्सेली सरकारले हिंसालाई नियन्त्रण गनै करिब ४० हजार पुलिस अधिकारीलाई परिचालन गर्ने भएको छ। फ्रान्समा चर्किएको हिंसालाई नियन्त्रण गर्न विभिन्न क्षेत्रमा पुलिस परिचालन गर्न लागिएको हो। आन्तरिक मन्त्री जेराल्ड डार्मानिनले ५००० पुलिस पेरिसमा परिचालन गर्दै कुल ४० हजार पुलिस परिचालन गर्ने बताए।

एक पुलिस अधिकारीले १७ वर्षीय युवालाई गोली हानेको घटनापश्चात् मानिसहरू आक्रोशितरूपमा विरोधमा उत्रिएका छन्। मङ्गलबार एक पुलिसले नाहेल एमलाई ‘पोइन्ट–ब्लान्क’ रेन्जमा गोली प्रहार गरेका थिए। नाहेल गाडी नरोकी अघि बढ्न खोजेको थिए।

पुलिसले हिंसा चर्काउने १८० मानिसलाई पक्राउ गरेका छन्। फ्रान्सको गृह मन्त्रालयका अनुसार सो अवस्थालाई नियन्त्रणमा लिने क्रममा १७० पुलिस अधिकारी घाइते भएको छन्।

नाहेलेको आमाले छोराको हत्या भएको स्थान नान्तेरेमा मार्चको लागि उपस्थित हुन भिडियो बनाएको बीबीसीले जनाएको छ। यस मार्चमा हिंसा थप चर्किन सकिने सम्भावना रहेको छ।

फ्रान्समा व्यापक हिंसा, १५० जना पक्राउ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved