फ्रान्समा व्यापक हिंसा, १५० जना पक्राउ

नेपालभ्युज

फ्रान्समा व्यापक हिंसा, १५० जना पक्राउ

काठमाडौं। प्रहरीको गोलीबाट एक युवाको मृत्यु भएपछि फ्रान्समा हिंसा भड्किएको छ । लगातार दोस्रो दिन पनि ठूला प्रदर्शन भएका छन् । प्रहरीले करिब १५० जनालाई पक्राउ गरेको छ।

मङ्गलबार एक पुलिस अधिकारीले १७ वर्षीय युवा नहेल एममाथि ‘प्वाईन्ट–ब्लाङ्क’ रेन्जमा गोली प्रहार गरेर हत्या गरेका थिए। नहेले ट्राफिकमा गाडी नरोकी अघि बढ्न खोजेका थिए।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सरकारले अवस्थालाई नियन्त्रणमा लिन खोजीरहेको जनाएका छन्। उनले यो घटनालाई ‘अवर्णनीय’ र ‘अक्ष्म्य’ भएको बताएका छन्।

समाजिक संजालमा भाइरल भएको भिडिओमा दुई पुलिस अधिकारीले गाडीलाई रोक्न खोजेको र एक पुलिसले गाडिको झ्यालबाट चालकतर्फ बन्दुक तेर्साएर गोली हानेको देखिएको छ।

बीबीसीका अनुसार नान्तेरेमा आक्रोशित प्रदर्शनकारीले गाडीमा आगो लगाएका छन् । प्रहरीले अवस्था नियन्त्रणमा लिन अश्रुग्यास हानेको छ ।

मोन–सेन–बोनरोयल, टुलुज, लियोनलगायत विभिन्न क्षेत्रमा प्रदर्शन र हिंसा भड्किएको बीबीसीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved