सेयर बजारमा ५६.९४ अंकले वृद्धि, ५ अर्ब ४७ करोडको कारोबार

नेपालभ्युज

सेयर बजारमा ५६.९४ अंकले वृद्धि, ५ अर्ब ४७ करोडको कारोबार
प्रतीकात्मक तस्वीर

काठमाडौं। मंगलबार सेयर बजारमा उच्च अंकले वृद्धि भएको छ । साताको तेस्रो कारोबारको दिन आज नेप्से परिसूचकमा उच्च अंकले वृद्धि हुँदा दुई दर्जन बढी कम्पनीको सेयरमा सर्किट लागेको छ ।

आइतबार ६२ र सोमबार ११ अंकको वृद्धि भएको बजार आज ५६.९४ अंकले बढेर २१८६.३६ बिन्दुमा कायम भएको छ । यस दिन बजारमा १ करोड ३१ लाख ७ हजार ८० कित्ताको खरिदबिक्री भएको छ । आज ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँको कारोबार भएको छ ।

आज २३ लघुवित्त संस्थाहरूको सेयरमा सकारात्मक सर्किट लागेको छ भने एक लाइफ इन्सयोरेन्स कम्पनी र एनर्जी कम्पनीको सेयरमा गरी कुल २५ कम्पनीको सयरमा सर्किट लागेको छ।

यसैगरी, आज नेप्सेमा ५८ वटा लघुवित्त कम्पनीका सेयरमूल्य कारोबार भएकोमा सबैको सेयरमूल्य बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved