संशोधनबिनै बजेट पास हुन्छ : अर्थमन्त्री डा. महत

नेपालभ्युज

संशोधनबिनै बजेट पास हुन्छ : अर्थमन्त्री डा. महत

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन नभइकन पास हुने दाबी गरेका छन्।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बजेट असार १३ गते कुनै पनि संशोधनबिना पास हुने बताए ।

उनले आफूले बजेट ल्याउँदा सीमित श्रोत-साधनलाई मध्यनजर गरेर ल्याएको भन्दै उनले आजको वास्तविकतामा बजेट आएको बताए।

बजेटमा समानता भएन भन्ने सांसदहरूको भनाइ आफूले मागेअनुसारको नआएको भन्नेमा मात्रै सीमित रहेको बताउँदै उनले बजेटको सीमाभित्र रहेर सम्बोधन हुने पनि बताए ।

‘बजेट पास हुन्छ त्यसमा दुई मत नै छैन । थोरै साधन श्रोत, आवश्यकता धेरै यो आजको वास्तविकता हो । आजको सम्भावित श्रोत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको हो, उनले भने, ‘उहाँहरूले आवश्यकता सबै पूर्ति भएन भन्नुभएको हो । बजेटको सीमाभित्र रहेर सम्बोधन गर्ने ठाउँमा सम्बोधन हुनेछन् । आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन ।’

मन्त्री महतले बजेट ल्याउनुपूर्व नै धेरै छलफल गरेर ल्याइएको भन्दै विधि भित्र रहेर पास हुने बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved