भ्रष्टाचार छानबिन आयोग बनाउन सांसद केसीको सुझाव

नेपालभ्युज

भ्रष्टाचार छानबिन आयोग बनाउन सांसद केसीको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले पछिल्ला समयका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गर्न शक्तिसम्पन्न आयोग गठन गर्न सुझाव दिएका छन् ।

शुक्रबार संसदमा बोल्दै सांसद केसीले पछिल्लो समयका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गर्नका लागि आयोग गठन गर्नुपर्ने सुझाव दिएका हुन् ।

उनले कहिलेदेखिको भ्रष्टाचार छानबिन गर्ने भन्ने विषयमा सर्वदलीय सहमति बनाएर अघि बढ्नुपर्ने बताए । उनले पछिल्लो समयका भ्रष्टाचार काण्डहरुको भने छानबिन गरिहाल्नुपर्ने बताउनु भयो ।
नयाँ पार्टीहरु पनि शक्तिकेन्द्र र ‘वृद्धतन्त्र’भित्र फस्छन् कि भन्नेमा उनले शंका गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved