माछा मार्न खोज्दा खाेलामा डुबेर दुईजनाको मृत्यु

नेपालभ्युज

माछा मार्न खोज्दा खाेलामा डुबेर दुईजनाको मृत्यु
प्रतिकात्मक तस्वीर

सुर्खेत । जाजरकोटमा माछा मार्ने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । छेडागाड नगरपालिका स्थित छेडा खोलामा माछा मार्ने क्रममा डुबेर उनीहरुको ज्यान गएको हो ।

शिवालय गाउँपालिका ९ का ४५ वर्षीय धनबहादुर बुढा र छेडागाड नगरपालिका १ घडेरीका ४५ वर्षीय नरेवहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो ४ बजेतिर जाल हाल्न गएका उनीहरु हात समातेर खोला तर्ने क्रममा जालको डोरी बेह्रिएर उठ्न नसकेपछि डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक नवीन चुदालीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved