बालेनको डरले हलमा हिन्दी फिल्म चलेनन्, नगर प्रहरी फिर्ता

नेपालभ्युज

बालेनको डरले हलमा हिन्दी फिल्म चलेनन्, नगर प्रहरी फिर्ता

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहको बारम्बारको चेतावनीपछि काठमाडौंका चलचित्र हलमा हिन्दी फिल्म लागेका छैनन् ।

विहीबार उच्च अदालत पाटनले हलमा हिन्दी फिल्मको प्रदर्शन नरोक्न अन्तरिम आदेश जारी गरेपनि बालेनले अदालतको आदेश नमान्ने धम्की दिएका थिए । उनको धम्कीपछि हल सञ्चालकले डरले शुक्रबार पनि हिन्दी फिल्म लगाएका छैनन् ।

हल सञ्चालकले नै हिन्दी फिल्म नलगाएपछि हलहरुमा खटिएका नगर प्रहरी फिर्ता भएका छन् । बालेनले हरेक हलमा १० जनाका दरले नगर प्रहरी खटाएर हिन्दी फिल्म चल्न नदिने अडान लिएका थिए ।

मेयर बालेन शाहले ‘आदिपुरुष’ मा सीताबारे विवादित संवाद राखेको भन्दै सबै हिन्दी फिल्म रोक्न आदेश दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved