एकिकृत समाजवादी यथास्थितिमा बजेट पारित नगर्ने पक्षमा

नेपालभ्युज

एकिकृत समाजवादी यथास्थितिमा बजेट पारित नगर्ने पक्षमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसदहरु यथास्थितिमा बजेट पारित नगर्ने पक्षमा उभिएका छन् । नेकपा (एकीकृत समाजवादी) का सांसदहरु सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०\८१ को बजेट यथास्थितिमा पारित गर्नु नहुने पक्षमा उभिएका हुन् ।

बिहीवार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा बोल्दै सांसदहरुले बजेट असन्तुलित भएको भन्दै यथास्थितिमा पारित गर्नु नहुने धारणा राखेका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले यस विषयमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गर्ने बताए ।

उनले आफूले पनि प्रधानमन्त्रीलाई भेटेर यथास्थितिमा बजेट पारित नहुने सन्देश दिइसकेको बताए । बजेट परिमार्जन गरी सन्तुलित बनाएर मात्रै पारित गर्नुपर्नेमा आफ्नो पार्टीले जोड दिएको उनले स्पष्ट पारे । ‘बजेटमा भएका असन्तुलनका सवालमा माननीय सदस्यहरु सबैले कडाइका साथ कुरा उठाएका छन् । र यथास्थितिमा यो बजेट पारित गर्नुहुन्न भन्ने खालको कुरा सबै साथीहरुले बताउनुभएको छ’ उनले भने,  ‘यही विषयलाई लिएर हामीले अध्यक्ष तथा हाम्रो दलको नेतालाई भनेका छौँ – गठबन्धनमा रहेका सबै दलहरुका बीचमा छलफल गरेर, साझा ढंगले बसेर छलफल गर्नुस् ।’

उनले बजेटकै कारण सत्ता समिकरण भने नटुट्ने बताए । तर बजेटमा भएको गलत कुरालाई सच्याउनुपर्ने उनको भनाई छ । आगामी दिनमा निर्वाचित सांसदको सल्लाह, छलफल, र जनतासँगको सल्लाहमा ल्याएको प्रतिवेदन बेगर बजेट बनाउनु नहुने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved